वि.सं.२०८३ वैशाख ७ सोमवार

कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन

khanepani

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमा ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

ranechhap