वि.सं.२०८३ वैशाख १० बिहीवार

सदन बहिस्कार नगर्न कांग्रेसको आग्रहपछि रास्वपाले भन्यो, ‘सरकारले हाम्रो कुरा सुन्न चाहेन’

khanepani

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले रास्वपा र राप्रपालाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेको छ।

सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको बैठकमा आफूहरूले संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए।

उनले भने, ‘हामीले उहाँलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरेका छौँ। संसद्को सदस्य भए पनि नैतिक जिम्मेवारी र दायित्व पनि हो उहाँहरूको। संसद्ले नियमित रूपमा तलब भत्ता पनि बुझाएको छ। त्यसैले उहाँले नैतिक रूपमा पनि संसदीय गतिविधिमा भाग लिनुपर्छ भनेर आग्रह गरेका छौँ। बाँकी कुरा उहाँहरूको हो।’

बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले सदन चलाउन प्रयत्न गरिराखेको बताए। रास्वपा र राप्रपाले भिजिटि भिसा प्रकरणमा उच्च स्तरीय संसदीय वा न्यायिक छानबिन समितिको माग गर्दै दुई महिनादेखि सदन बहिस्कार गर्दै आइरहेको छ।

तर, सत्तापक्षले आफूहरूको माग सुन्न नचाहेको उनले बताए।

परियारले थपे, ‘सभामुखले त विगतमा पनि पहल गर्नु भएको हो। मुख्य कुरा सरकारले सुन्न चाहिरहेको छैन, सत्ता सञ्चालन गर्ने दलहरूले नै हाम्रो माग सुनुवाइ गर्न चाहनु भएको छैन। तर सभामुखज्यूले त्यहाँ सबैको उपस्थिति भए राम्रो हुन्थ्यो भन्नुभयो। जनमत लिएर आएका दलहरू सदन बहिस्कार गनेर जानु राम्रो होइन। भन्नु भयो सत्तापक्षलाई पनि मलाई पनि भन्नु भयो।’

उनले आफूहरू संवादको ढोका खुला राख्दै जनताको मुद्दामा अघि बढ्न तयार रहेको बताए।

ranechhap