वि.सं.२०८३ वैशाख ८ मंगलवार

योग्यता छलछाम गरेर नियुक्ती भएका बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन

khanepani

काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारीपालनबारे छानबिन गर्न समिति गठन गरेको छ । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले जानकारी दिए ।

समितिका अन्य दुई जना सदस्यमा कृष्ण गिरी र जीवनप्रकाश सिटौला छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।

ranechhap