वि.सं.२०८३ वैशाख ८ मंगलवार

मन्त्रिपरिषद् बैठक जारी, भ्रष्टाचारीको मुख नहेर्ने प्रधानमन्त्रीर्सगै मन्त्री गुप्ता पनि सहभागी

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । बैठक बेलुकी पौने सात बजेबाट सुरु भएको हो ।
भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्रीसगै विचौलीयासँग घुस सम्वाद गरेको भनिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि बैठकमा सहभागी छन् ।

आज उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर सोधपुछ गरेका थिए । गुप्तालाई आजै प्रधानमन्त्रीले हटाउने चर्चा भए पनि अहिलेसम्म उनी मन्त्रीकै कुर्सीमा छन् ।
मन्त्री गुप्ता र विचौलीयाहरुबीच ‘घुस लेनदेन’ को कुराकानी भइरहेको अडियो सार्वजनिक भएपछि तीव्र विवाद उत्पन्न भइरहेको छ ।

ranechhap