वि.सं.२०८३ वैशाख ६ आइतवार

एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

khanepani

काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ ।

फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो ।

यस अघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरुले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।

विहीबार दिउँसो भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

ranechhap