वि.सं.२०८३ जेठ १७ आइतवार

सभापतिले पनि सरकारको कामको गति पुगेको छैन भनिसक्नु भयो, समीक्षा गर्दैछौँ : गगन थापा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनको लागि सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेको बताएका छन्।

विराटनगर पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले अपेक्षा अनुसार काम गर्न नसकेकाले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो पार्टी सभापतिले पनि भनिसक्नुभयो सरकार जुन गतिमा चल्नुपर्ने हो, जस्तो खालको परिणाम दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन। यसमा गम्भीर समीक्षा गरिरहेका छौँ।’

उनले आफू पनि सहभागी भएको सरकारलाई थप प्रभावकारी कसरी बनाउने भन्नेबारे अब चाँडै बस्ने केन्द्रीय समितिको बैठकमा पनि छलफल हुने बताए। उनले बैठकमा पार्टीबाट सरकार गएका मन्त्रीहरूको कामबारे पनि गम्भीर छलफल गर्ने बताए।

यस्तै, उनले पार्टीको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रको सदस्यता नवीकरण एवं छिनोफानोतिर लाग्न आग्रह गरे।

उनले अहिलेसम्म आफ्नो बाहेक अरू कुनै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरणको काम नटुङ्गिएको बताए।

ranechhap