वि.सं.२०८३ वैशाख १६ बुधवार

कर्णाली प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै

khanepani

सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधवार (आज) आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउने भएको छ।

यो नीति तथा कार्यक्रम भोलि (बिहीबार) दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिने छ।

प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिका उपचारका लागि गएकाले, सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले कर्णालीको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिएका छन् ।

ranechhap