वि.सं.२०८३ वैशाख ९ बुधवार

आसन्न अधिवेशन तयारीबारे सभामुख र प्रमुख सचेतकबीचको छलफल जारी

khanepani

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्। सभामुख र प्रमुख सचेतकबीचको छलफल अहिले जारी छ।

आसन्न अधिवेशन तयारी, कार्यतालिका लगायतका विषयमा सिंहदरवारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफल चलिरहेको सभामुखको सचिवालयले जनाएको छ।

वैशाख १२ देखि सुरू हुने गरी बजेट अधिवेशन आह्वान गरिएको छ। अधिवेशन सुरु हुनुअघि सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल थालेका हुन्।

ranechhap