वि.सं.२०८३ वैशाख १० बिहीवार

गभर्नर सिफारिस समितिबाट डा. विजयनाथले दिए राजीनामा

khanepani

काठमाडौं । नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । भट्टराई पूर्वगभर्नरसमेत हुन् ।

उनले भने, ‘नयाँ गभर्नर सिफारिसका लागि बनेको समितिबाट राजीनामा दिएको हुँ । १ महिनासम्म पनि बैठक नबसेपछि त्यो समितिमा के गर्न बस्ने भनेर नै राजीनामा दिएको हुँ । समितिले केही काम नै नगरेपछि किन बस्नु भन्ने लागेर नै राजीनामा दिएको हो ।’

नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो ।

ranechhap