वि.सं.२०८३ वैशाख १० बिहीवार

प्रधानमन्त्री शिक्षकको माग सम्बोधन गर्न तयार नभएपछि शिक्षामन्त्रीले राजीनामा दिनुभयो: झलनाथ खनाल

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरुको मागलाई प्रधानमन्त्री ओलीले वेवास्ता गरेकै कारणले शिक्षामन्त्रीले राजीनामा दिन विवश भएको दाबी गरे।

उनले भने, ‘कम्युनिष्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन्, यो देशका झन्डै अढाइ लाख शिक्षकहरु अहिले आन्दोलनमा छन् तर ति शिक्षकहरुको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन्। अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ।’

उनले शिक्षामन्त्रीले शिक्षकहरुको माग सम्बोधन गरौँ भन्ने प्रधानमन्त्री नटेर्ने बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपरेको जिकिर गरे।

ranechhap