वि.सं.२०८३ असार १४ आइतवार

रघुजी पन्तको प्रस्ताव- संसदीय समितिमा आउन कर्मचारी डराउन थाले, मिडियालाई बैठकमा नराखौं

khanepani

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिका काम कारवाहीबारे जनतामा भ्रम फैलाउने खालका अपुष्ट र निराधार सामग्री प्रकाशन प्रसारण भएको भन्दै प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

सोमबार सिंहदरबारमा संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वमहासचिव समेत रहेका पन्तले कतिपयले मिडियाको कारण कारण मिथ्या सूचना फैलिने डरले सरकारी कर्मचारीहरू समितिमा आएर बोल्ने अवस्था नरहेको बताए ।

पन्तले भने, ‘यहाँ मिस इन्फरमेसन हुन थाल्यो । सरकारी उच्च कर्मचारी आएर बोल्न डराउन थाले, मिडियामा उल्टो गएर गाली खाइन्छ भने को-को आउँछ ? अब मुख्य सचिव किन आउने ? बाहिर मुर्दावादको नारा लाग्छ, नभएको कुराले गर्दा । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि मिडियाई फुल हाउसमा मात्र प्रवेश हुन्छ । संसदीय समितिको फाइनल रिपोर्ट र निर्णयमात्र प्रेसलाई दिने हो ।’

पन्तले आफूले अन्तर्राष्ट्रिय अभ्यासहरू हेरेको बताउँदै समिति बैठकमा पत्रकारलाई प्रतिबन्ध लगाएर फाइनल रिपोर्ट मात्रै दिनुपर्ने जिकिर गरे ।

ranechhap