एजेन्सी । अमेरिकी विदेश मन्त्री पिट हेग्सेथले मध्यपूर्वका देशमा अब गरिने सैन्य कारवाहीको रणनीतिबारे परिवारका सदस्यसँग गरेको गोप्य च्याट बाहिरिएको छ । हेग्सेथले यमनका हुथी विद्रोहीविरुद्ध सैन्य कारबाहीको योजनासम्बन्धी संवेदनशील जानकारी आफ्नो व्यक्तिगत सिग्नल च्याटमार्फत् श्रीमती र भाइलाई शेयर गरेको पाइएको हो ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार हेग्सेथले यसअघि पनि पविारका नजिकका सदस्य र वकिलसहित आफ्ना सहयोगीसँग यस्ता संवेनदशील विषय च्याटमा खुलाएका कारण विवादमा परेका छन् ।
उनले अमेरिकाको सबै सैन्य योजनाहरू सेयर गरेको सीएनएनले जनाएको छ । यसअघि उनले सरकारी अधिकारीसँग पनि यस्ता सैन्य कारवाहीबारे खुलासा गरेको पाइएको छ । अमेरिकी रक्षा मन्त्रालय अर्थात पेन्टागन सबैभन्दा संवेदनशील ठाउँ मानिन्छ । विश्वभर सैन्य कारवाही गर्ने भएकाले पनि पेन्टागन संवेदनशील मानिएको हो ।
एक महिनामा २ पटक भएको यस्तो लापरवाहीलाई लिएर आलोचना भइरहेका बेला ट्रम्पमाथि उनको साटो सिनियर नेतृत्वबाट रक्षामन्त्री बनाउन दबाब समेत बढेको छ ।









































