ढोरपाटन (बागलुङ) । बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जीप दुर्घटना भएको हो ।
तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग. १ ५७०५ नम्बरको पिकअप जीप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको जनाइएको छ ।
दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका-१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका-२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका-२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।
त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका-१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको बागलुङका डीएसपी विजय यादवले बताए ।
घाइतेमध्ये सहायक प्रशासकीय अधिकृत मुना विक र प्राविधिक सहायक नवीन मल्लको अवस्था गम्भीर छ । उनीहरूलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ । अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।








































