काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली(केपी शर्मा ओली) सरकार र्धमराउन थालेसाँगै खानेपानी मन्त्री प्रदीप यादव संकटमा परेका छन ।
नेपाली कांग्रेसले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत देखाएको छ । उक्त संकेत पाएका प्रधानमन्त्री ओलीले १५ महिनापछि देउवालाई सक्ता हस्तान्तरण गर्ने र ८४ सम्म सरकार यहि गठबन्धनमा चल्ने बाँचा व्यक्त गर्नुले पनि सरकार संकटमा परेको आंकलन गर्न सकिन्छ ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रधानमन्त्री ओलीले खेलेको भुमिका र राष्ट्र्र बैकको गर्भनरमा ओलीले खेलेको तुच्छ खेलबाट नेपाली कांग्रेसका नेताहरु झस्कन पुगेका छन । प्रधानमन्त्री ओलीले आफु निकट व्यक्तिलाई गर्भनर बनाउने प्रयास गरिरहेका छन । उनी अहिले राष्ट्र बैककै कामु गर्भनरलाई गर्भनर बनाउने प्रयासमा छन ।
यता खानेपानी मन्त्री प्रदीप यादव भने, यसभन्दा अगाडी मन्त्री परिषदले जारी गरेका निति र निर्देशनहरुलाई खारेज गरेर खानेपानी क्षेत्रमा बोर्ड अध्यक्ष, सदस्यहरु, अन्य निकायका राजनितिक नियुक्तिका पदाधिकारीहरुको नियुक्तिको लागि मन्त्री यादव निक्कै हतारीएका छन । उनी चाँडो भन्दा चाँडो नयाँ मन्त्रिपरिषद्को निर्णय आफै खारेज गरेर नयाँ निर्देशिका जारि गर्ने तयारी गरिरहेको खानेपानी मन्त्रालय स्रोतले दावी गरेको छ ।
त्यसै गरि खानेपानी मन्त्रालय मातहतमा कर्मचारीहरुलाई आतंकित बनाउने गरि मिनेटमै सरुवा गर्ने गरेका छन । मन्त्री यादवको स्वार्थपूर्ति पुरा गराउने काम नियम र कानून भन्दा बाहिर गएर गर्न आनाकानी गर्ने कर्मचारीहरुलाई ठाउँको ठाँउ सरुवा गरेर तेजोबध गर्ने शैलि अपनाउदै आएका छन ।
मन्त्री यादव भैसैपाटीको मन्त्री निवासमा आफु एक्लै बस्ने गरेको बताउँछन । उनीसँग कामले ठोकिने युवती र महिलाहरुलाई बताउने गरेको एक महिलाले नाम उल्लेख नगर्ने र्शतमा बताएकि छन । उनले युवती तथा महिलाहरुलाई आफ्नो गोप्य नम्बर समेत दिइहाल्छन ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना निर्देशनालयको कन्सल्टेडबाट तलव खानेगरी एक जना इन्जिनियरलाई सचिवालयमा राखेका छन । खानेपानी मन्त्रालयमा नै इन्जिनियरहरु काम विहिन भएर बसेका छन ।
महिला प्रेमि मन्त्री यादवको निवासमा पनि बढी आवत जावत गर्ने व्यक्तिहरु पनि महिला नै हुने मन्त्री निवास स्रोतले बताएको छ ।
मन्त्री यादवको स्वार्थपुरा गराउन आयोजनाका भ्रष्ट लेखाका उपसचिव गणेश चालिसे महत्वपुर्ण भुमिका खेल्दै आएका छन । उनले फोहोर पानी प्रशोधन केन्द्र गुह्यशोरीलाई अलपत्र पार्ने ठेकेदारले बालकुमारी, सुन्दरीघाट र सल्लाघारी प्रशोधन केन्द्रको काम पनि हात पारेको छ । उसले पहिलो किस्ता लगेर काम समेत नगरिकन दोस्रो किस्ता भुक्तानी गरेर मन्त्री यादवले तीन करोड र उपसचिव चालिसेले ५० लाख लिएको खानेपानी मन्त्रालय स्रोतले दावी गरेको छ । आयोजनामा काम गर्ने पूर्व आयोजना प्रमुख र वर्तमान आयोजना प्रमुख भ्रष्टाचारीहरुको किनाराको शाछी मात्र भएको समाचार स्रोतले दावी गरेको छ ।
मन्त्री यादव र लेखा उपसचिव चालिसेले दवाव दिएर उक्त रकम भुक्तानी भएको अर्थ मन्त्रालय स्रोतले नेपाली जनतालाई बताएको छ । एशियाली विकास बैकको क्रृण सहयोगमा संचालनमा आएको मेलम्ची २ काठमाडौं उपत्यका भित्र पाइपलाईन गर्ने आयोजना मन्त्रीको लुटेर खाने थलो भएको छ । यसरी लुटेर खानेमा सहयोगीको भुमिका निभाउर्दै आएका छन भ्रष्ट लेखा उपसचिव गणेश चालिसे । उनले आयोजनाको सवारी सधानहरुको व्यापक दुरुपयोग गर्दै आएका छन ।
बच्चाहरुलाई विद्यालय पुर्याउने देखि श्रीमति, ससुरालीहरुलाई पनि आयोजनाका सवारी साधन प्रयोग गर्दै आएका छन ।
घरमा पंखा, हिटर, पानी तताउने भाँडो, रुप स्प्रे, बाथरुमका सामानहरु, इलोक्टोनिक सामानहरु ल्यापटप लगाएतका सामानहरु समेत घरमा लाने गरेको बुझिएको छ । उनले जारको पानी समेत आयोजनाबाटै ओसार पसार गर्ने गरेको बुद्ध नगरका उनका छिमेकिहरुको बताउने गरेका छन ।
त्यसैगरि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सिईओ अशोककुमार पौडेल विरुद्ध केयुकेएलकै व्यवस्थापनका प्रकाशकुमार राईको निर्देशनमा स्वतन्त्र युनियनका धामीको नेतृत्वमा आन्दोलनको तयारी भएको छ ।
युनियनका अध्यक्ष सारदा कड्यात, नवलसिंह साउद बाहेक अन्य, केशब अधिकारीहरु आन्दोलन गर्ने तर, सिइओको कार्यकक्षमा ताला नलगाउने पक्षमा देखिएका छन भने, नवलसिंह साउद र गोपालसिंह थामी भने सिइओको कार्यकक्षमा ताला लगाएर नै आन्दोलनमा जाने तयारीमा छन ।
भोली बस्ने युनियनहरुको संयुक्त बैठकले आन्दोलनका खाका तयार पार्ने पनि युनियन स्रोतले दावी गरेको छ ।








































