वि.सं.२०८१ चैत ३ आइतवार

अख्तियारलाई छायाँमा पार्छन केयूकेएलका भ्रष्टाचारी, सेवाग्राहिसँग असुली गर्ने तिमल्सीनाले यसरी पाए उन्मुक्ती

काठमाडौं । बेथितिको चाङले भरिएको केयूकेएललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रातो कारर्पेटले स्वागत गर्ने गरेको छ ।
एक दुई हजार घुष खाने कर्मचारीलाई स्ट्रिङ अपरेशनको हबला दिएर लाखौ रुपयाँ खर्च गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुले केयूकेएलका भ्रष्टाचारीहरुलाई ज्वाई मेजमान गरेर रातो कारर्पेटमा विराजमान गराउँछन भन्दा जो कोहिलाई पत्याउन मुस्किल नै पर्ला । तर, सत्य यहि हो ।
हजारीया घुष खोरीलाई महिनौ खोरमा कोचेर अनेक यातना दिने यहि अख्तियारका पदाधिकारी र अधिकारीहरुले केयूकेएलका सुपरभाइजर विरुद्धका उजूरी फस्र्योट गर्न यहिका घ्यु चोरलाई जिम्मा लगाएर आफु पन्छिन खोजेको कयौं उदाहरणहरु छन ।

यसले अख्तियारका सरदारहरुलाई केयूकेएलका भ्रष्टाचारीहरुले राम्रै खातिर दाखिल गर्ने गरेका कुरा प्रमाणीत भएको छ । यस विषयमा निंसकलंक नाम कमाउन सक्षम पूर्वसचिव तथा अख्तियारका प्रमुख आयुक्तको आफ्ना मतिहराम कर्मचारीहरुको कामकारवाहिमा ध्यान जान्छ, कि जार्दैन भविष्यमा लेख्न अवश्य पनि पाइने नै छ ।

केयूकेएलमा सूपरभाइजर पद सानो भएपनि काम उनीहरुको ठूलो हुने गर्दछ । यीनै सूपरभाइजर विमल तिमल्सीना विरुद्ध सेवाग्राहीहरुसँग पैसा असुल गरेको उजुरी अख्तियारमा पर्छ । अख्तियारले यस विषयमा के भएको हो हेरी बुझि आवश्यक कारवाहि गर्नु भनि खानेपानी मन्त्रालयलाई एउटा पत्र लेख्छ । मन्त्रालय पनि के कम कहिलेकाहि ठेकि कोशेली बुझिरहेकै हुन्छन । उनीहरुले पनि केयूकेएललाई यस्तै व्यहोरा उल्लेख गरेर पत्र लेख्छ । आफ्नो काम यहिकैमा तमाम गर्छन मन्त्रालयका कर्मचारीहरु पनि ।

त्यसपछि खेल शुरु हुन्छ केयूकेएलमा । सिईओले उजुरी परेका कर्मचारीहरुलाई धम्काउने, तर्साउने मात्र गर्दैनन झर्ने जति कागति निचोरे जसरी र्झाछन र विमलको तलुकदारलाई पत्र लेख्छन, त्यहा के भएको हो हेरी बुझी आवश्यक कारवाहि गरि जानकारी दिनु । त्यहाँ पनि यहि प्रक्रिया चल्छ । सेवाग्राहिसँग असुल गरे भन्दा बढी सिईओले निचोरेर बाकि रहेको त्यहा पनि निचोरीन्छ । त्यसपछि उनीहरु हुन्छन असनको छाडा छोडेको साँडे । अनि फेरी असुल्छन जथाभावि ।

यस्तै घटना भएको छ, केयूकेएल महाराजगञ्ज शाखामा । केयूकेएल महाराजगञ्ज शाखाका सुपरभाइजर नेपाली कांग्रेसका हुनाहार युवा नेता तथा टेड्रयुनियन कांग्रेसका काठमाडौं जिल्ला कोषाध्यक्ष कार्यालयका खबरदारी विलम तिमिल्सीनाले सेवाग्राहिहरुलाई हैरान पारेको उजुरी अख्तियारमा परेपछि भएको हो माथिको कथा ।

उनी अख्तियारमा उजुरी नपर्दा सयका हिसावले सेवाग्राहिसँग अबैध असुली धन्दा चलाउथे भने अहिले हजारका दरमा यो धन्दा चलाईरहेका छन । उनमा झन आत्माबल बढेको केयूकेएल स्रोतले दावी गरेको छ । फेरी अख्तियारमा केयूकेएलका एक एक कर्मचारीहरुको कर्मचारी देखी प्रमुख आयुक्तसँग सिधै सम्र्पक छ भन्ने सुन्ने गरिन्थ्यो अहिले यस घटनाले पुष्टिसमेत गरेको हुदाँ अख्तियारका अधिकारी र पदाधिकारीहरुको यता पनि ध्यान जाओस भन्ने हाम्रो कामना छ ।