वि.सं.२०८३ वैशाख २३ बुधवार

राजावादी समर्थकहरु तीनकुनेबाट प्रहरी घेराबार तोड्दै जबरजस्ती बानेश्वर आउन खोजेपछि प्रहरीसँग धकेलाधकेल

khanepani

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल भएकाे छ । तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो ।

प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको छ । कोटेश्वरबाट आएको र्‍याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।

तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रहरीले दुर्गा प्रसाई‌ं नेतृत्वकाे आन्दाेलनलाई तीनकुनेमा मात्रै सीमित राख्न खाेजेकाे छ ।

ranechhap