वि.सं.२०८३ वैशाख २३ बुधवार

सुपादेउरालीबाट नवलपरासी फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु

khanepani

अर्घाखाँची । अर्घाखाँचीको सुपादेउरालीबाट नवलपरासी फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सञ्चार शाखाले जनाएको छ। मृत्यु हुनेमा बसका चालक रहेका छन्। यद्यपि उनीहरूको पहिचान खुलिसकेको छैन।

सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको हो।

बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार गुडिरहेको बस अचानक अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो।

ranechhap