वि.सं.२०८३ जेठ ३० शनिवार

रुपन्देहीका चार पालिकाले प्रशासनसँग मागे रात्रीकालीन बजार सञ्चालन गर्ने अनुमति !

khanepani

रुपन्देही । रूपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिकाले ज्ञापनपत्र बुझाउँदै रात्रीकालीन बजार सञ्चालन गर्न माग गरेका हुन् ।

जिल्ला समन्वय समिति रूपन्देहीका मेयर उमाकान्त चपाईंसहित बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, तिलोत्तमाका मेयर रामकृष्ण खाण, सिद्वार्थनगरका मेयर इस्तिहाद अहमद खाँ र सैनामैनाका मेयर फणीन्द्र शर्माको टोलीले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

बुटवलको कालिका पथमा रात्रीकालीन बजार सञ्चालन गर्ने विषयमा सरोकारवालाहरूबीच पटकपटक छलफल भइए सहमति भए पनि अझैसम्म कार्यान्वयन हुनसकेको छैन ।

सरोकारवालाहरूसँग पटकपटक छलफलपछि बुटवल उपमहानगरपालिकाले बुटवलको कालिकापथमा रात्रीकालीन तथा ट्राफिक चोक र अमरपथमा राति ११ बजेसम्म बजार सञ्चालन गर्ने योजना अगाडि सारेको मेयर पाण्डेयले जानकारी दिए ।

रात्रीकालीन बजार सञ्चालन गर्ने उद्देश्यले प्रस्तावित क्षेत्रमा हाइमास्ड लाइट, सीसीटीभी क्यामेरा जडानलगायतका पूर्वाधार तयार भइरहेको उनले बताए ।

ranechhap