रूपन्देही । राेल्पामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेविसंघविरूद्व अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी ले गठबन्धन गरेका छन् ।
यहाँ रहेका ४ क्याम्पसमा दुई संगठनले नेविसंघविरूद्व माेर्चा बनाएका हुन् ।
नवनेपाल क्याम्पस, जलजला क्याम्पस, राेल्पा नमुना र सहिद स्मृति क्याम्पसमा गठबन्धन गरिएको हाे । अनेरास्ववियुका जिल्ला अध्यक्ष सूर्य बिक र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सनिदेवल बुढामगरले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
नेविसंघ राेल्पा अध्यक्ष अनुपम जिसीले एकल निर्वाचनको तयारी गरेकाे बताए ।