वि.सं.२०८३ साउन १२ मंगलवार

संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची

khanepani

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ । आज अर्थ र पूर्वाधार विकास समितिका बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

ranechhap