वि.सं.२०८३ साउन १२ मंगलवार

संविधानसभा सदस्य तथा नेकपा एसका नेता विदुर सापकोटाको निधन

khanepani

काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा एसका नेता विदुर सापकोटाको निधन भएको छ ।

मिर्गौलासम्बन्धी रोगबाट पीडित ५८ वर्षीय सापकोटाको उपचारका क्रममा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको हो ।

लामो समय एमाले काभ्रेपलाञ्चोक एमालेको सचिव रहेका उनी पछिल्लो समय नेकपा एसको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए ।

२०७० सालको संविधानसभा निर्वाचनबाट उनी काभ्रे ४ बाट उनी निर्वाचित भएका थिए ।

सापकोटाको पार्थिव शरीर आज बिहान ९ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने बताइएको छ ।

स्वर्गीय सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। सापकोटाका श्रीमती एक छोरी छन्।

ranechhap