वि.सं.२०८३ असार ५ शुक्रवार

नेपाली बजारमा मंगलबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap