वि.सं.२०८१ चैत ११ सोमवार

नेपाली बजारमा एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ।

बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।