वि.सं.२०८२ माघ ३ शनिवार

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला

khanepani

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला परेको छन्।

प्रदेश सरकारका ती मन्त्रालय र प्रदेशसभा भवन नजिक कुकुरबम जस्तै देखिने वस्तु फेला परेका हुन्।

कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिस्टले आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको बताए।

अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले सँगै रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अगाडिको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको छ।

धनगढीमा प्रहरीले अहिले सुरक्षा व्यवस्था कडा पारेको छ।

बम कसले र किन राखेको भन्ने खुलेको छैन्। आज नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्दको घोषणा गरेको छ।

आफ्ना सुदूरपश्चिम प्रदेश इन्चार्जसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग सहित उनीहरूले बन्द आव्हान गरिएको बताइएको छ।