वि.सं.२०८१ फागुन १ बिहीवार

राष्ट्र बैंकको संरक्षणमा सिद्धार्थ बैंकको ठगीधन्दा, झुटो विवरण देखाउदै बचतकर्ताको रुपैयाँमा लाभांश खादै…..

काठमाडौं । राष्ट्र बैंकका उच्च कर्मचारीलाई सेटिङ मिलाएर विद्यमान ऐन कानुनलाई हातमा लिई आफुखुशी बैंकिङ कारोबार गर्दै आएका बैंक तथा वित्तिय संस्थाहरु प्छिल्लो चरणमा लगामविनाको घोडा सरह भएका छन् । बचतकर्ताहरुले विश्बासका साथ थोरै व्याजमा बचत गरेको रकम समेत खुला रुपमा हिनामिना गर्नेदेखि ऋण प्रवाह गरेका ऋणीमाथी जतिखेर मन लाग्यो त्यतिनै खेर फोनदेखि टोले गुण्डा परिचालन गरेर मानशिक पीडा दिने कार्यमा तीव्रता आएको छ । ऋण दिदाँ ऋणीले बैंकमा राखेको धितोलाई बैंकको कर्मचारीको योजनामा तयारी अबस्थामा राखिएका दलालमार्फत सस्तोमा धितो हड्प्ने गरेको समेत गुनासो पीडित ऋणीहरुले गर्दै आएका छन् ।

यसरी प्रायः नीजि स्तरबाट खुलेका बैंकहरुको पहिलो प्राथमिकता ऋणीको धितो हड्प्ने मुख्य उदेश्य उनीहरुको हर्कतबाटै प्रष्ट हुदै आएको छ । बैंकका कर्मचारीको मिलिमतोमा साना ऋणीलाई दैनिक फोन र घरसम्म टोले गुण्डा खटाएर मानशिक तनाब दिनेदेखि तत्काल ऋण चुक्ता गर्नु गराउनु भन्दै दबाब दिने गर्दै आएको छ भने अर्को धितो राखि लिएको ऋणीहरुलाई बैंकबाट बारम्बार फोन गरि दवाव दिएर धितो कम मुल्यमै बेच्न बाध्य बनाउने कार्य समेत हुदै आएको छ ।

जसका कारण करोडौ मुल्यको धितो लाखमै बिक्री गर्न बाध्य पारेर लिलामी गरिदै आएको छ । यसकार्यमा बैंकले कमिशनमा भुमाफिया दलालहरु पहिल्यै तय गरि लिलामी स्वीकार्न प्रयोग गरिने गरेको छ । यसरी समयअगाडी नै विभिन्न कारण देखाउदै ऋणीबाट धितो हड्प्नेमा सिद्धार्थ बैंक पनि अग्रपक्तिमा पर्ने गरेको छ । एकातर्फ ऋणीमाथी अत्याचार गर्दै आएको सो बंैकले आफ्नो नाफा समेत झुटो विववरण राष्ट्र बैंकमा पेश गरि लाभांश समे खादै आएको भेटिएको छ । सिद्धार्थ बैंकलाई गत वर्षको वितरणयोग्य नाफाभन्दा २० करोड रुपैयाँ बढी लाभांश बाँड्न राष्ट्र बैंकले नै अनुमति दिएसंगै बैंकको नाफा भने कम भएको पाइएको छ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३६ करोड ६६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेपनि ५६ करोड ३६ लाख रुपैयाँ लाभांश घोषणा गरेको थियो । सो बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा ३६ करोड ६६ लाख रुपैयाँ वितरणयोग्य नाफा देखाएर ५६ करोड ३६ लाख बाँड्ने प्रस्ताव पठाउँदा समेत राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कुनै छानजिवन नगरि अनुमति दिएसंगै बैंकको नियामकीय भूमिकामाथि समेत गम्भीर प्रश्न उठेको छ । सिद्धार्थ बैंकको सञ्चालक समितिले राष्ट्र बैंकले दिएको अनुमति अनुसार कुल चुक्तापुँजी १४ अर्ब ८ करोड रुपैयाँ बराबरको ४ प्रतिशत नगद लाभांश घोषणा गर्न लागेको भन्दै नेपाल स्टक एक्सचेन्जमा पठाएको पत्र पठाएको थियो ।

सो बैंक सञ्चालक समितिको ४३९ औँ बैठकले आव. २०८०/८१ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई राष्ट्र बैंकद्वारा स्वीकृति भई बैंकको आगामी साधारणसभाबाट पारित भए पश्चात लागु हुनेगरी बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४,०८,९९,८०,१९० मा देहाय बमोजिमको नगद लाभांश (कर प्रयोजनका लागिसमेत) ४ प्रतिशत अंकमा ५६,३५,९९,२०८ वितरणका लागि प्रस्ताव गरिएको भन्दै गएको मंसिर २१ गतेको पत्रमा पठाएको थियो ।

नेप्सेमा पठाएको पत्रअनुसार लाभांश वितरण गर्नका लागि सिद्धार्थ बैंकसँग पर्याप्त वितरणयोग्य नाफा नभएको उसकै गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणबाट देखिएपनि राष्ट्र बैंकले भने सो कुरालाई नजरअन्दाज गरि लाभांश वितरण गर्न दिएको अनुमतिबाटै प्रष्ट हुन्छ सिद्धार्थ बैंकप्रति राष्ट्र बैंकले कुनै पनि कारबाही गर्ने आँट गरेको छैन । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेपनि नियामकीय प्रोभिजन र परिपक्व भएको डिम्बेन्चरको भुक्तानीका लागि ठूलो रकम छुट्टाएपछि बैंकसँग वितरणका लागि ३६ करोड ६६ लाख ६० हजार रुपैयाँमात्रै रहेको देखिन्छ ।

बैंकले आफ्नो खुद नाफा बाँडफाँट हिसाब खातामा प्रस्टरुपमा २ रुपैयाँ ६० पैसामात्रै वितरणका लागि उपलब्ध रहेको बताएपनि बैंकले ४ रुपैयाँ प्रतिकित्ता सेयर लाभांश बाडेका कारण सो बैंकको सवै गतिविधि शंकास्पद समेत देखिएको छ । बैंकहरूले आन्तरिक लेखापरीक्षणको रिपोर्ट र अन्तिम लेखापरीक्षणको प्रारम्भिक रिपोर्टका आधारमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागसँग लाभांशका लागि अनुमति माग गर्ने गर्दछ तर राष्ट्र बैंकले सामान्यता बैंकले देखाएको नाफाबाट नियामकीय प्रोभिजनहरू, कर्मचारी खर्च र विभिन्न प्रकारका जोखिमका लागि पर्याप्त प्रोभिजनिङ गरेपछि मात्रै प्रस्तावित लाभांश घोषणाका लागि अनुमति दिने गरेको छ ।

खराब कर्जाका लागि पर्याप्त जगेडा गरेरमात्रै राष्ट्र बैंकले लाभांश बाँड्न अनुमति दिने गरेको छ । राष्ट्र बैंकले गर्न लगाएको नियामकीय प्रोभिजन अन्तिम लेखापरीक्षणमार्फत पनि परिवर्तन हुँदैन । अन्तिम लेखापरीक्षकले समेत राष्ट्र बैंकको नियामकीय प्रोभिजनिङ परिवर्तन गर्न पाउँदैन । अपरिष्कृत वित्तीय विवरणको तुलनामा बैंकहरूको अन्तिम लेखापरीक्षणका क्रममा नाफा घट्ने गर्दछ । बैंकले असामान्य ढंगबाट लाभांश घोषणा गरेकोबारे नेपाल राष्ट्र बैंकका अधिकारीहरू नै बेखबर बन्दै आएका छन् । बैंक सुपरिवेक्षण विभागका कर्मचारी भने सिद्धार्थ बैंकको लाभांश घोषणाप्रति अनभिज्ञता प्रकट गदै उन्मुक्ति दिदै आएको पाइएको छ ।

लाभांश घोषणाका बारे सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेललाई पटकपटक सम्र्पक गर्दा उनका कार्यलय सहयोगीले फोन सिईओ कँडेललाई नदिई काटी दिएका छन् । बैंकले वर्षभरमा ३६ करोड रुपैयाँमात्रै वितरणयोग्य नाफा गर्ने तर एकै महिनामा २० करोडले थपिने अवस्था बनेको भन्ने बैंकको भनाई प्रति भने सहमत हुन सक्ने पर्याप्त आधार भेटिएको छैन । वर्षभर ३६ करोड वितरणयोग्य नाफा गर्ने बैंकले १ महिना थप २० करोडले बढायो भन्ने कुरा हाँस्यास्पद देखिएको छ ।

Untitled