वि.सं.२०८१ फागुन १ बिहीवार

पूर्वकप्तान अनुले लिइन् घरेलु फुटबलबाट संन्यास (भिडियो सहित)

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी पूर्व फरवार्ड तथा कप्तान अनु लामाले घरेलु फुटबलबाट संन्यास लिएकी छिन्।

३७ वर्षीय अनुले बुधबार एन्फा महिला लिगको अन्तिम खेलपछि घरेलु फुटबलबाट संन्यास लिएकी हुन्।

आफ्नो अन्तिम खेलमा बुधबार अनुले अन्तिम मिनेटमा गोल गर्न सफल भइन्। नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गर्दै एपिएफले उपाधि जित्दा अनुले दोस्रो हाफको इन्जुरी सयमको पाँचौ मिनेटमा गोल गरेकी थिइन्।

नेपाली राष्ट्रिय फुटबल टोलीबाट उनले ३५ अन्तर्राष्ट्रिय गोल गरेकी थिइन्। उनको सर्वाधिक गोलको रेकर्ड सावित्रा भण्डारी साम्बाले तोडेकी थिइन्।

सन् २०१९ सम्म राष्ट्रिय टोलीबाट खेलेकी उनले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन्।

Untitled