वि.सं.२०८१ फागुन ३ शनिवार

बागमती प्रदेशसभाको दोस्रो बैठकले दुई वटा विधेयक पारित गरो सर्वसम्मतिले

हेटौडा । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकले दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

केही प्रदेश ऐनलाई सशोधन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ रहेका छन् । सोही बैठकमा आर्थिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले प्रदेशमा आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि बैठकमा प्रस्ताब प्रस्तुत गरेका थिए।

उक्त बैठकमा भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशमा सार्वजनिक सडक तथा परिवहन पूर्वाधारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव टेबुल गरे ।

यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव गरेका थिए ।

उक्त बैठकमा केही प्रदेश ऐनलाई सशोधन गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई थप संशोधन गर्न आवश्यकता छ भनि प्रदेशसभा सदस्य रमेश पौडेल, नरोत्तम वैद्य, निमा लामा, विजया केसी श्रेष्ठ, रजनी अमात्य जोन्छेले राख्नुभएको प्रस्ताव सो बैठकबाट बहुमतले अस्वीकृत गरेको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो २ः०० बजे बस्ने गरी आज सञ्चालन भएको करिब डेढ घण्टाको समय व्यतित भएको जानकारी दिए ।

Untitled