काठमाडौं। पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक बन्द गरिएको थियो ।