वि.सं.२०८३ असार १३ शनिवार

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–सभामुखले अराजक र अनैतिक काम गरे भन्दै दलहरु गुहारे

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक भएको भन्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको साथ खोजेका छन् । बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताएका छन् ।

बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले सभामुखको भूमिकाप्रति अशन्तुष्टि व्यक्त गरेको बताए ।
लोहनीले भने–प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे,संसदले काम गर्न दिएन र सभामुख अराजक र अनैतिक काम गरिरहेका छन् भन्नुभयो । हामीले मिलाएर लैजानुस भनेका छौं ।

ranechhap