वि.सं.२०८१ माघ ६ आइतवार

झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच भेटवार्ता

काठमाडौ । काठमाडौ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता भएको छ।

खनाल र राजदूत ताइयोङबीच बिहीबार बिहान भेटवार्ता भएको हो।

भेटका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचास वर्ष पुगेको शुभकामना दिएका थिए।

नेता खनालले नेपाल र कोरियाबीच धेरै लामो लामो समयदेखि सुमधुर सम्बन्ध रहेको र यो द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरेका थिए।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकारात्मक सहयोग रहेको र विशेष गरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएका थिए।

भेटमा दुई देशबीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ।