वि.सं.२०८३ जेठ १६ शनिवार

नेपाली बजारमा पाँच दिनमा प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य घटेको छ।

गत आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

आइतबार प्रतितोला पाँच सय रूपैयाँ, सोमबार प्रतितोला एक हजार रूपैयाँ, मंगलबार प्रतितोला दुई हजार चार सय रूपैयाँ, बुधबार प्रतितोला चार सय रूपैयाँ र बिहीबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ गरी यो पाँच दिनमा सुनको मूल्य प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap