काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिक बालिकाले कानमा लगाएकाे सुनकाे मुन्द्रा दिउँसै लुटपाट भएकाे छ ।
कास्की घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २ जना बालिकाले कानमा लगाएको करिब १ तोला बराबरको सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको हाे ।
बालिकाहरु सडकमा हिँडिरहेको अवस्थामा अपरिचित अन्दाजी ३५ वर्षीया महिलाले ललाई फकाई गल्लीमा लगि उक्त मुन्द्रा लुटेर फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न फरार महिलाको खोजी गर्नुका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे छ ।