विराटनगर । कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् ।
उनले सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा मोरङको सिंघिया घाटसम्म गरेका हुन् । यो उनको २० औं पटकको दण्ड प्रणाम यात्रा हो ।
काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै यो २० औं दण्ड प्रणाम यात्रा गरेको बताए ।
उनले मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको उल्लेख गरे ।
विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए ।