वि.सं.२०८३ वैशाख १८ शुक्रवार

पश्चिम बंगाल निर्वाचनका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

khanepani

एजेन्सी । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल गरिएको छ। बिहीबार बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो।

पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ। उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए।

सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ।

ranechhap