वि.सं.२०८३ वैशाख १९ शनिवार

सानले राख्यो समाजसेवामा आफ्नो मान, चेपाङ बस्तीका विद्यार्थीहरु माझ सानको छुट्टै पहिचान

khanepani

काठमाडौं । सबैले नयाँ बर्षको अधिल्लो दिन नयाँ वर्ष ईभको तामझामका साथ पबमा गएर या भब्य भब्य रेष्टुरेन्टमा गएर मनाए भने कत्तिले राम्रा राम्रा रेष्टुरेन्ट हरुमा गएर मनाए ।

तर सोहि दिन काठमाण्डौको एऊटा संस्था Social Activism Network Nepal ( SAAN ) भने धादिङको गजुरी गाउँ पालिका, वडा नं ८ को डाडामा अवस्थित चेपाङहरुको बस्तिमा रहेको श्री छेपाङ्ग आधारभुत बिधालयमा गएर उक्त बिद्यालयका ३३५ र सोही बिद्यालय नजिक पर्ने ४५ जना बिद्यार्थी भएको अर्को बिद्यालय गरेर ३८५ बिद्यार्थीहरुलाई स्कूल युनिफर्म, स्कुल जुत्ता, ब्याग, कपी, कलम लगायत सम्पूर्ण स्टेसनरी सामान, सामान्य जुत्ता, कपडा , वाटर बोटल, न्यानो तथा गर्मीका लुगहरु बितरण गरे भने श्री छेपाङ्ग आधारभुत बिधालयलाई बिद्यार्थीहरुको लागि भनी खेलकुद सामाग्री र फस्ट एडमा चाहिने सम्पूर्ण ओषधिहरु मनि हस्तान्तरण गरेका थिए ।

उक्त श्री धादिङ जिल्ला अवस्थित रहेको छेपाङ आधारभूत बिध्यालयमा सोहि बिध्यालयमा अध्ययनरत करिब तीन सय पैतिस र तलको अर्को चेपाङ बिद्यालयको ४५ बिद्यार्थी भाई बहिनीहरूलाई उक्त सम्पूर्ण सामान प्रदेश नं ३ का सभासद श्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा त्याहाका स्थानिय नेताहरुको र समाजसेवीहरुको पनि बाक्लो उपस्थिति थियो । Social Activism Network Nepal ( SAAN ) को यो पहिलो कार्यक्रम थियो भने यसका अध्यक्ष मात्र २० बर्ष कि सामाजिक अभियन्ता सन्जु ढकाल पनि थिए । शैक्षिक सामाग्री बितरण कार्यक्रमका संयोजक सान कै बरिष्ठ उपाध्यक्ष स्वर्ण बिक्रम शाह थिए।

संस्था सानको उप सचिव सृजना ढुङ्गानाद्वारा उक्त कार्यक्रम संचालन गरेकि थिइन भने श्री छेपाङ् आधारभुत बिद्यालयका हेडसरद्वारा स्वागत मन्तब्य गर्नु गरेका थिए ।

प्रमुख अथिती बागमती प्रदेश नं ३ का सभाषद श्री दिपेन्द्र श्रेष्ठले आफ्नो मन्तब्य राख्ने क्रममा उक्त बिद्यालय र सधै संस्था सानको एउटा अभिन्न अंग जस्तै सानलाई साथ र सहयोग दिदै आएका सांसद श्रेष्ठले यस विद्यालय र संस्था सानलाई भबिष्यमा पनि आफुले सक्ने भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सानका अध्यक्ष सन्जु ढकालले मन्तब्यको क्रममा उक्त चेपाङ बस्तिमा यो सानको अन्तिम कार्यक्रम नभएर शुरुवात मात्र भएको हो र सानको उद्देश्य उक्त चेपाङ बस्तिलाई नै माथि उकासी सबैलाई आत्मा निर्भर बनाउने घोषणा गरेका थिए ।
त्यसरी नै यस कार्यक्रमका संयोजक तथा सानका बरिष्ठ उपाध्यक्ष स्वर्ण बिक्रम शाहले बच्चाहरु देशका कर्णदार हुन र नेपालका सबै बच्चाहरुलाई शिक्षा दिलाउनु देशको प्रथम कर्तव्य भएको र सानले भबिष्यमा पनि थुप्रै त्यस्ता काम गर्दै जाने कुरा बताएका थिए ।
जुन कार्यमा अहिलेसम्म नेपाल सरकारको नजर गएको छैन र देश बनाउने जिम्मा देशको मात्र नभई जनताको पनि उत्तिकै जिम्मेवारी तथा कर्तब्य रहेको बताएका थिए ।
यसमा कार्यक्रममा बहादुर शाह स्मृति प्रतिष्ठान र किङ्गकम स्पोर्ट्स क्लबको पनि साथ थियो ।

ranechhap