वि.सं.२०८३ वैशाख २० आइतवार

नाकाको निरीक्षण गर्न नागढुंगा पुगे काठमाडौंका सीडीओ

khanepani

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नागढुंगा नाकामा निरीक्षण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरिएको हो । निरीक्षणमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह पनि सँगै थिए ।

थानकोटमा रहेको हेल्थ डेस्कलाई पनि प्रभावकारी बनाइएको उनले बताए । ‘नाकामा आउने हरेक बसलाई चेकिङ गरेर मास्क लगाए नलगाएको समेत जाँच गर्न भनेका छौं, उनले भने, एन्टिजेन परीक्षणका लागि जनशक्ति कम भएको भनिएको छ, यसबारे स्वास्थ्य मन्त्रालयलाई खबर गरिसकेका छौं ।

उनका अनुसार हाल नाकामा एन्टिजेन परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली खटिएको छ । यसअघि २३ चैतमा बसेको जिल्ला (कोभिड–१९) संकट व्यवस्थापन समितिको बैठकले नाकामा अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको थियो ।

ranechhap