वि.सं.२०८३ वैशाख २० आइतवार

शिशुको मृत्यु भएपछि नोबेल अस्पतालमा आफन्तको विरोध

khanepani

विराटनगर । नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् ।

इटहरी उपमहानगरपालिका १ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको आफन्तको दावी छ ।

भ्याकुम प्रयोगबाट जन्मिनेवित्तिकै छोरालाई आईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताए ।
चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेपछि ७ दिनदेखि शिशुको शव अस्पतालमै छ ।

शिशुकी आमालाई डिस्चार्ज गरी घर लगिएको छ र आफन्तले चिकित्सकले लापरबाही गरेको भन्दै कारबाहीको माग गरेका छन् । लापरवाही गर्नेलाई कारवाही प्रक्रिया अघि नबढेसम्म शव जिम्मा नलिने छिमेकी होमेश्वर ठाकुरले बताए ।

शिशुको मृत्युपछि आफन्तसँग अस्पताल प्रशासनले तीन पटक छलफल गरेको छ । छलफलमा एकलाख रुपैयाँ क्षतिपूर्ति लिएर शव बुझ्न दबाव दिएको थियो । आफन्तले भने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

नोबेल मेडिकल कलेजले भने चिकित्सकको लापरवाही नभएको दाबी गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालको अनुसार प्रसूति गराउदा भ्याकुमको प्रयोग भएपनि चिकित्सकले लापरवाही नगरेको बताए ।

टाउकोमा प्वाल परेको हल्ला पनि गलत भएको उनको दाबी छ । ‘पटक पटक छलफल भएको छ तर उहाँहरु चिकित्सकको कुरा सुन्नु हुन्न, उनले भने, क्षतिपूर्ति माग गरिरहनुभएको छ, कारवाहीको माग भए सम्बन्धित निकायमा उजुरी गर्नुहोस् भनेका छौं ।

भर्खर जन्मिएको बच्चाको टाउको नरम हुने भएकाले सामान्य असर गरेको उनको दाबी छ । आफन्तले शव जिम्मा नलिएपछि अस्पतालमै शव राखिएको छ उनले बताए ।

ranechhap