काठमाडौँ । लायन्स क्लब अफ काठमाडौं न्यु स्मार्ट सिटिकोे अध्यक्षमा संगिता शर्मा निर्वाचित भएकि छिन् ।
शनिवार लायन्स क्लब डिस्ट्रीक ३२५ ए २ अन्तर्गतका ५ वटा सिटि क्लबहरुको बार्षिक साधारण सभाबाट शर्मा न्यु स्मार्ट सिटिकोेअध्यक्षमा निर्वाचित भएकि हुन् ।
छोरी मान्छे भन्ने बित्तिकै कमजोर ठान्ने यो समाजमा छोरी मान्छे भएर नै बिगत लामो समय देखि समाज मा उदाहरणीय कार्य गर्दै आएकि शर्माले कोभिड नेसनल हिरो अवार्ड र राष्ट्रिय नारी स्वर्ण पदकबाट सम्मानित समेत भइसकेकी छिन्।

लायन्स क्लबमा अध्यक्ष भएपछी झन सामाजिक कार्यमा जिम्मेवारी बढेको उनले बताइन् । उनले नेत्तृत्वमा गरेको क्लबमा उपाध्यक्ष यम श्रेष्ठ, सचिब नमूना श्रेष्ठ, र कोषाध्यक्ष दृस्टी श्रेष्ठ रहेका छन् ।
सिटि अन्तर्गतका अन्य क्लबका अध्यक्षहरुमा क्रमश लायन्स क्लब अफ काठमाडौ ओपेरा सिटि मा शंकर पौडेल, ग्रीन सिटि मा राजेस गौतम, मनहरा सिटिका श्याम सिह खड्का, मेगा सिटि का डि.बि खड्का र नयाँ क्लब सनसिटीमा बेनि बहादुर खड्का निर्बाचित भएका छन् ।
सो बार्षिक साधारण सभामा नेत्तृत्व लेबल मा रिजन चियरपर्सन इन्द्र ब कार्की र जोन चियरपर्सनद्वय रेनुका श्रेष्ठ र धुर्ब ब कार्की को उपस्थिति रहेको शर्माले बताइन ।









































