काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा मुहार चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आइतबार गरेका थिए । उनले सोही अवसरमा ‘नेपाली अब्सट्राक्ट पेन्टिङस्ः अ डिभलपमेन्ट एनालाइसिस’ पुस्तक समेत सार्वजनिक भयो ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान चित्रकला विभागका प्रमुख तथा प्राज्ञ सुष्मा राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कलाको विकासमा मुहारचित्र कार्यशाला र प्रदर्शनीको महत्वपूर्ण अर्थ रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके०)कर्माचार्यले नेपाली ललितकलाको इतिहास अध्ययन, खोज, अनुसन्धान र विकासका लागि प्रतिष्ठानले मिहिन ढङ्गले काम गरिरहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले मुहार चित्रको काम ज्यादै कठिन भएको र नेपालमा यस विषयमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
यस्तै, पुस्तकका लेखक कृष्णप्रकाश शाहले अमूर्त भन्ने वित्तिकै कल्पना, अनुभवको प्रस्तुति भएको बताए ।
उहाँले नयाँ आयामको खोजी नै अमूर्त सोंच भएको चर्चा गरेका थिए ।, अमूर्त कला भन्नाले अमूर्त सोंच हो । अमूर्त सोंचकै कारणले जनावरभन्दा मानिस फरक भयो । अमूर्त सोचे नै संसार बदल्यो ।”
कार्यक्रममा मन्त्री श्रेष्ठले प्रतिष्ठानको चित्रकला विभागद्वारा केही समयअघि आयोजित मुहार चित्र कार्यशालामा सहभागी कलाकारहरुलाई मायाको चिनो प्रदान भयो । सो क्रममा तयार पारिएका मुहारचित्रकलाको प्रदर्शनी नक्सालको सीता भवनस्थित ग्यालरीमा आइतबारदेखि सुरु भएको छ । आलोक गुरुङ, अशुराम खाइजू, बाबुराजा देउला, विपिना महर्जन, बुद्धि गुरुङ, डीराम पाल्पाली, गजेन्द्रमान श्रेष्ठ, गोपाल चित्रकार, कान्छाकाजी भासिमा, किशोर नकर्मी, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद शाह, मदन श्रेष्ठ, पकबहादुर थापा, प्रद्युम्न श्रेष्ठ, पुजा महर्जन, रोशन प्रधान र श्रीजन राजभण्डारीले बताए । सामाजिक, आर्थिक, कलाकारिताका क्षेत्रमा ख्यातीप्राप्त व्यक्तित्वहरुको मुहार चित्र प्रदर्शनीमा राखिएको छ । सो प्रदर्शनी २०७८ वैशाख ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । 








































