08, Sep, 2024

काठमाडौंमा दलित समूदायले गरिरहेको आन्दोलनप्रति पूर्व प्रधानमन्त्री बाबुरामको ऐक्यवद्धता (भिडियो सहित)

Bagmati Voice
संवाददाता
१५ भाद्र २०८१, शनिबार १७:०१ | १ हफ्ता अगाडी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बिभिन्न माग राख्दै काठमाडौंमा दलित समूदायले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन ।

शनिबार काठमाडौंको माइतिघर पुगि भट्टराईले दलितका लागि दलित अभियान, नेपालले गरिरहेको आन्दोलतप्रति ऐक्यवद्धता जनाएका हुन । सो क्रममा भट्टराईले दलित अधिकार र समावेशीतालाई बलियो बनाउदै जातीय भेदभावको जरैसम्म अन्त्य गर्नुपर्ने बताए । दलित अधिकारका लागि उठाएको मुद्दा निकै गम्भीर भएको भन्दै सवै मिलेर यसको समाधानका लागि प्रणालीमा सुधार गर्नुपर्ने उनले बताए । उनले आफुले दलित समूदायका लागि १०–१२ प्रतिशत समावेशी अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने प्रस्ताव संविधान बनाउने समयमा राखेपनि सफल हुन नसकेको धारणा राखे ।

दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समूदायलाई घृणा गरिएको भन्दै निरन्तर धर्ना दिदै आएको छ । राज्यका महत्वपूर्ण निकायमा दलित समूदायको प्रतिनिधित्व गर्नका लागि निरन्तर दवाव दिने दलितका लागि दलित अभियानले जनाएको छ ।

१५ भाद्र २०८१, शनिबार १७:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading