08, Sep, 2024

हफिजको कोरोनाको दोस्रो परीक्षण नेगेटिभ

Bagmati Voice
संवाददाता
१० असार २०७७, बुधबार १४:२७ | ४ साल अगाडी

पाकिस्तानी क्रिकेट टिमका अलराउन्डर मोहमद हफिजले आफूले गराएको कोरोना भाइरसको परीक्षणको नतिजा नेगेटिभ आएको बताएका छन्।

पाकिस्तान क्रिकेट बोर्डले गराएको परीक्षणमा उनी कोरोनाबाट संक्रिमत भएको मंगलबार पुष्टि भएको थियो।

लगत्तै उनले लाहोरमा आफ्नो र परिवारको नीजि ल्याबमा टेस्ट गराएका थिए। जसमा उनको र परिवारको नतिजा नेगेटिभ आएको हो।

यसअघि मंगलबार हफिजसहित पाकिस्तानका १० जना क्रिकेटरमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको थियो।

जा नेभेटिभ आए पनि उनी क्रिकेट टुरका लागि तत्काल इंग्ल्यान्ड जान भने पाउनेछैनन्।

पाकिस्तानले गत सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोनाको परीक्षण गराएको थियो। जसमा १० जना खेलाडी संक्रमित बनेका थिए।

कोरोना लागेका सबै खेलाडी अहिले आइसोलेसनमा बसेका छन्।

इंग्ल्यान्ड भ्रमणअघि गराइएको परीक्षणमा महत्वपूर्ण खेलाडीलाई कोरोना देखिएपछि पाकिस्तानी टिममाथि चुनौती थपिएको छ।

पाकिस्तानी टिम तीन टेस्ट र तीन टी-२० खेल्नका लागि आगामी साता इंग्ल्यान्ड प्रस्थान गर्दैछ। इंग्ल्यान्ड र पाकिस्तानबीचको सिरिज आगामी अगस्टमा हुनेछ।

पाकिस्तानी टिम आगामी जुन २८ मा लाहोरबाट म्यानचेस्टरका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

१० असार २०७७, बुधबार १४:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading