वि.सं.२०८३ साउन १३ बुधवार

नेपाली बजारमा सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी बढेको छ।

अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला १८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap