वि.सं.२०८२ जेठ १० शनिवार

घट्यो अमेरिकी, क्यानेडियन डलर र पाउण्डको भाउ, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलर र क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९० पैसा र बिक्रीदर १३४ रूपैयाँ ५० पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६१ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसा घटेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७३ रूपैयाँ ३५ पैसा र बिक्रीमा १७४ रूपैयाँ १३ पैसा पाइन्छ।

सोमबार १७३ रूपैयाँ ४८ पैसा र बिक्रीमा १७४ रूपैयाँ २५ पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसा घटेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४८ रूपैयाँ ४३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८९ रूपैयाँ ६४ पैसा र बिक्रीमा ९० रूपैयाँ ०४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ५६ पैसा र बिक्रीमा ३० रूपैयाँ ७० पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ४४० रूपैयाँ पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८९ पैसा तोकिएको छ।