08, Sep, 2024

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ श्रावण २०८१, सोमबार ०८:२७ | ३ हफ्ता अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिएका छन् ।

’प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता रहेका थिए ।

२८ श्रावण २०८१, सोमबार ०८:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading