वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाली बजारमा नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यस अघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap