वि.सं.२०८१ चैत ६ बुधवार

रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु, एक जना बेपत्ता

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका मृत्यु भएको छ ।

आठ वर्षीय हितमाया पुन, पाँच वर्षीया धनिसा पुन, चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको हो । ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी भने बेपत्ता भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले बताए ।

उनले बाढीले ६ घर बगाएको र बेपत्ताको खोजी भइरहेको बताए ।

बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका थिए ।