वि.सं.२०८२ असार ३० सोमवार


skip this manthali

गृहसचिव अर्यालसहित सुरक्षा निकायका प्रमुखको टोलीले गर्‍यो चितवन पुगेर उद्धार कार्यको स्थलगत निरीक्षण

काठमाडौं । गृहसचिव एकनारायण अर्याल सहित सुरक्षा निकायका प्रमुखको टोलीले सिमलताल घटनाको स्थलगत निरीक्षण गरेको छ ।

आइतबार दिउसो गृहसचिव अर्याल सहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह मन्त्रालयका सहसचिव एवम विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाल, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो ।