22, Jul, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ असार २०८१, बिहीबार १५:४० | १ हफ्ता अगाडी

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

प्रवक्ता डा. शरदसिंह यादवले भने, ‘मधेश प्रदेश सरकार हाम्रो प्राथमिकतामा छ । कांग्रेस र एमालेको समर्थनमा मधेशमा सरकार बनेकाले हामीले केन्द्रमा नयाँ गठबन्धनलाई नै साथ दिने निर्णय गरेका हौं ।’

प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार संसदमा विश्वासको मत माग्ने कार्यसूची छ ।

जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन् ।

२७ असार २०८१, बिहीबार १५:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading