22, Jul, 2024

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ असार २०८१, बिहीबार ११:४२ | १ हफ्ता अगाडी

एजेन्सी । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९४ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ६ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ३१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९६ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ८८ पैसा र बिक्रीमा ९० रूपैयाँ २९ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७७ पैसा र बिक्रीमा ९८ रूपैयाँ २१ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ८० पैसा र बिक्रीदर १७१ रूपैयाँ ५७ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३७ पैसा र बिक्रीमा २८ रूपैयाँ ४९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ७२ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ३१ पैसा तोकिएको छ।

२७ असार २०८१, बिहीबार ११:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading