16, Jul, 2024

नेपाली बजारमा बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ असार २०८१, बिहीबार ११:३४ | ४ दिन अगाडी

काठमाडौ । काठमाडौ नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२७ असार २०८१, बिहीबार ११:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading